कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

तिथयात्रीलाई निशुल्क भोजनको ब्यवस्था


शोभा शर्मा बस्ताकोटी
मुस्ताङ २७, चैत्र
रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा मुस्ताङको प्रशिद्ध कागबेनीको कालिगण्डकीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्ने आउने तिर्थालुहरूलाई निशुल्क भोजनको ब्यवस्था गरिएको छ ।
मुक्तिनाथ क्षेत्र बिकास समितिले आसपासका क्षेत्रमा स्वयम सेवकको परिचालन गर्नु साथै एम्बुलेन्स, जिल्ला स्वास्थ्य कार्यालयले रानीपौवामा स्वास्थ्य शिविर, कागबेनी – मुक्तिनाथ क्षेत्रको सरसफाई र जिल्ला विकास समितिको आर्थिक सहयोगमा २८ र २९ गते मुक्तिनाथमा तिथयात्रीलाई  दिउसोको निशुल्क भोजनको ब्यवस्था समेत मिलाइएको समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । नेपाल प्रहरी र शसस्त्र प्रशरी सिमा सुरक्षाबल जोमसोमले कागबेनी र मुक्तिनाथ क्षेत्रको सरसफाईमा समेत बिषेश ध्यान पु¥याइरहेको सिमा सुरक्षा बलका डिएसपि रुमबहादुर थापाले बताए ।
जिल्ला आयुर्बेद स्वास्थ्यकेन्द्र जोमसोमले २८ र २९ गते कागबेनीमा निशुल्क स्वास्थ्य सिबिर सचालन गर्नलागेको कार्यालयका प्रमुख डा शोभाराम सुबेदीले बताए ।
यो बर्ष देशका विभिन्न भागबाट चैते दशैमा आउने तिर्थयात्रीको संख्या बढेको जिल्ला मालपोत कार्यालय मुस्ताङका सुब्वा तेजनाथ पौडेलले बताए ।
तिर्थयात्रीको बसोबास एव जिल्लामा शान्ती सुब्यबस्था कायम गर्न जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मार्फा गाविसको पुथाङ एयरपोर्ट, मुक्तिनाथ स्थित रानीपौवा धर्मशाला क्षेत्र, मन्दिरको प्रवेशद्धार देखि आसपासका क्षेत्रमा ठुलो संख्यामा प्रहरी समेत खटाइएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com