रिनझिन नामग्याल गुरुङ
मुस्ताङ २७, चैत्र
यस बर्ष चैते दशैको अवसरमा म्याग्दी जिल्ला हुदै प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनी आउने तिर्थालुहरूको चाप बढ्दै जान थालेको छ ।
बेनी घासा रुटमा सञ्चालन हुने ८० बस तथा जिप अपुग भएपछि अन्य रुटका जिपलाई समेत सञ्चालन गरिरहेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका यातायात ब्यवसायी इन्द्रबहादुर मगरले बताए । मुस्ताङजिप तथा बस ब्यवसाय समितिले आज करिब १ सय ७ गाडी तिथालु लिएर जोमसोम देखि मुक्तिनाथ गएको जनाएको छ ।
दैनिक ५ देखि ७ हजारसम्म तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट मुस्ताङ आउने गरेको म्याग्दीका होटल ब्यवसायीले बताएका छन् ।
विगतका बर्षको तुलनामा करिव ३० प्रतिशतको हाराहारीमा तिर्थालुको संख्यामा बृद्धि भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताए । मुस्ताङका ब्यबसायीले भने अधिल्लो बर्षकै हाराहारीमा तिथालु आएको बताएका छन ।
रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा आई मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन, नवलपरासी, नेपालगञ्ज, दाङ लगायत देशका विभिन्न क्षेत्रका रहेका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com