कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीको दरबाङ्ग उत्सवको तयारीलाई तीब्र


 पश्चिम  म्याग्दीको दरबाङ्ग गाविसमा आयोजना हुन लागेको प्रथम दरबाङ्ग उत्सवको तयारीलाई तीब्र बनाइएको छ ।
‘विविधतामा एकता कला सँस्कृतिको गौरब पर्यटन प्रवद्र्धन लागि दरबाङ्ग उत्सव’ भन्ने नाराका साथ वैशाख १ देखि ७ गतेसम्म प्रथम दरबाङ्ग उत्सव आयोजना गर्न लागिएको उक्त उत्सबमा जिल्लामै पहिलो पटक ठुलो धनराशी पुरस्कार राखिएको उत्सवलाई सफल बनाउन प्रचारप्रसार र आन्तरिक तयारीलाई तीब्र बनाईएको आयोजकले जनाएको छ ।
बैशाख १ देखि ७ गतेसम्म साचालन हुने उक्त महोसत्वमा लोकदोहोरी गीत गाविसस्तरीय पुरुष भलिबल धौलागिरी अाचल स्तरीय सितोरियो करांते प्रतियोगिता आयोजना हुने बताईएको छ ।
आयोजकका अनुसार लोकदोहोरी गीत प्रतियोगीतामा प्रथमलाई ६० हजार पुरस्कार राखिएको छ । ुविविधतामा एकता कला सँस्कृतिको गौरब पर्यटन प्रवद्र्धन लागि दरबाङ्ग उत्सवु भन्ने नाराका साथ वैशाख १ देखि ७ गतेसम्म प्रथम दरबाङ्ग उत्सव आयोजना गर्न लागिएको आयोजक पश्चिम दरबाङ्ग युवा क्लबका सचिब मिन सिउथानीले बताउनुभयो । प्रतियोगीतालाई अन्तराष्ट्रिय स्तरसम्म पुर् याउने उद्देश्य राखिएको सचिव सिउथानीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com