कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

तलब तथा सेवा सुविधा नपाएका पीडित एक सय नेपालीमाथि सांघातिक आक्रामण


चैत्र २६ - तीन महिनादेखि सम्झौताअनुरुप तलब तथा सेवा सुविधा नपाएका पीडित एक सय नेपालीमाथि सांघातिक आक्रामण भएको छ । कम्पनीका मालिकसँग मंगलबार दुःखेसो पोखेको निहुँमा आक्रामण भएको हो ।पीडित नेपालीका अनुसार, सम्झौताअनुरुप तलब नदिएको भनी दुखेसो पोखेका नेपालीमाथि कम्पनीमै कार्यरत करिब डेढसय बंगाली कामदारको जत्थाले मंगलबार दिउँसो आक्रामण गरेको हो । आक्रमणमा चक्कु, लट्ठी प्रयोग गरेका थिए । आक्रामणबाट घाइते पीडित एक नेपालीले भने- "हामीलाई बंगाली केटाहरु लगाएर आक्रामण गराइएको हो । जे पनि हुनसक्छ भन्दै धम्की दिएको छ । हाम्रो ज्यान खतरामा छ ।" उक्त कम्पनीका मालिकसमेत बंगाली हुन् ।
उनले नाम उल्लेख नगर्ने सर्तमा शुक्रबार टेलिफोनमा  भने- "हामीमध्ये केही साथीहरु सुरक्षाको ग्यारेन्टी र सम्झौताअनुसार तलब दिएमा काम गर्न सहमत भएका छन्, तर धेरैजसो घर र्फकन चाहेका छौं । हामीलाई सकुशल फर्काउन सहयोग गरिदिनुहोला ।"
काठमाडौंस्थित रारा इम्प्लाइमेन्ट म्यानपावरमार्फत् यहाँको निलाइस्थित राफल्स केयर एम एसबी कम्पनीमा ३ महिनाअघि आएका करिब एक सय नेपालीहरुले मंगलबार मार्च महिनाको तलब बुझेका थिए । उनीहरुमध्ये धेरैले दैनिक १४ घण्टाको दरले मासिक १ हजार ५० रिंगेटमात्रै पाएका छन् । उनीहरुले सम्झौताअनुसार तलब नपाएको भन्दै सोही दिन कम्पनी मालिकसाग दुःखेसो पोखेका थिए । रोजगारदाता कम्पनीसाग भएको सम्झौताअनुरुप नेपालीहरुले प्रत्येक दिन १२ घण्टाको १४ सय ९० रिंगेट पाउने उल्लेख छ । पीडित नेपालीका अनुसार, सम्झौताअनुरुप तलब तथा सेवा सुविधाहरु नपाउने नेपालीको संख्या  १ सय १ जना रहेको छ । यी मध्ये १० जनालाई नेपाल फर्काइसकीएको बताइएको छ । पीडितमध्ये कतिपयसाग खाना खाने पैसासमेत छैन । तीनमहिनाअघि कामका लागि सो कम्पनीमा आएका उनीहरुले सम्झौताअनुरुप उल्लेख गरिएको ओभरटाइमसहित मासिक तलब १४ सय ९० रिंगेट र अन्य कतिपय सेवा सुविधाहरुसमेत पाएका छैनन् ।
सम्झौताअनुरुप तलब नपाएको दुःखेसो पोखीरहादा त्यहँ रहेका सोही कम्पनीकै अर्का एक बंगलादेशी कर्मचारीले उनीहरुले देखाउँदै गरेको उक्त सम्झौतापत्र खोसेर फालीदिएपछि घटनाले उग्र रुप लिएको थियो । त्यसरी खोसेर फालेको केहीबेरमै त्यहाँ कार्यरत बंगालादेशी कामदारहरुले एक्काशी नेपालीहरुमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसपछि केहीबेर त्यहाँ दोहोरो झडप समेत भएको थियो । आक्रमणबाट केही नेपाली सामान्य घाइते भएका छन् । व्यापक झडपको स्थिती बनेपछि असुरक्षाका कारण नेपालीहरु त्यहाँबाट ५ सय मिटरको दुरीमा रहेको निलाइस्थित एक बगैंचामा एक रात बिताएका थिए । आक्रमण भएको भोलीपल्ट बुधबार बढ्दो असुरक्षा र तलब-सुविधालगायत विषयमा छलफल गर्नुछ' भन्दै कम्पनीपक्षले नेपाली कामदारहरुलाई त्यहाँबाट बसमा करिब १ घण्टाको दुरीमा पर्ने क्वालालम्पुरस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा ल्याइ राखेको छ । यो घटनाको विषयमा म्यानपावर कम्पनीले खासै चासो नदिएकोसमेत पीडित नेपालीले बताए । यद्यपी, रारा म्यानपावरका राजकुमार घिमिरेले भने तलब र सुरक्षा लगायत विषयमा कम्पनीपक्षसाग छलफल भइरहेको बताए । उनले घुमाउरो भाषामा नेपालीले सम्झौताअनुरुप तलब-सुविधा नपाएको स्वीकार गरे । उनले भने "हाम्रा नेपाली भाइहरुले पाउनुपर्ने तलब कम्पनीको कमजोर हिसाबकिताबको कारण एउटाको-अर्कोमा पर्न गएको देखियो । यस बिषयमा म कम्पनीपक्षसित छलफल गरिरहेको छु । विशेषतः नेपालीको सम्झौताअनुरुपको तलब र सुरक्षाको प्रत्याभूती दिलाउन कम्पनीसाग छलफल भइरहेको छ । यो चाँडै नै टुंगो लाग्छ ।" उनले बंगालीहरुसित झडप भएकाले समस्या जटिल बन्दै
गएकोसमेत बताए ।
तीनमहिनादेखि सम्झौताअनुरुपको तलब तथा सेवा सुविधा नपाएका पीडित नेपालीहरुले यसअघि पटक-पटक कम्पनीपक्षलाई सम्झौताअनुरुप तलब तथा सेवा सुविधाको ग्यारेन्टी गर्न आग्रह गर्दै आएका थिए । स्रोतका अनुसार, तलबसम्बन्धी यसै समस्याको समाधानका लागि भन्दै रारा म्यानपावरका केही प्रतिनिधिहरु १ महिनाअघि मलेसिया आएको भएपनि समस्या समाधान हुनुको सट्टा बढ््दै गएको थियो ।
 पीडित नेपालीले कम्पनीपक्षले नै बंगाली कामदारहरु लगाई आफुहरुमाथि आक्रमण गराएको आरोप लगाएका छन् । उक्त कम्पनीका मालिक पनि बंगाली नै रहेकाले यो घट्ना भएको पीडित नेपालीहरुको दाबी छ । थप झडप हुने डरले सो कम्पनीले बुधबार पीडित नेपालीलाई सेन्तुल रायस्थित केन्द्रीय कार्यालयमा राखेको छ । अहिले असुरक्षाको कारण नेपालीहरु पुनःकाममा र्फकनसक्ने स्थिती छैन । पीडित नेपालीले यस सम्बन्धमा यहाँस्थित नेपाली दुतावासमा समेत जानकारी दिइएको बताए । उनीहरुमध्ये आधाजसो नेपाल र्फकन चाहेका छन् भने आधाजसो सुरक्षाको व्यवस्था भएमा काममा र्फकने तयारीमा छन् । यद्यपी, तलब तथा सेवा सुविधा भने सम्झौतापत्रअनुरुप नै दिनुपर्ने मागमा भने पीडित नेपाली अडिक छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com