बागलुङको धम्जामा परेको चट्याङ लागेर १९ जना घाइते भएका छन् । धम्जा वडा नम्बर २ असौजेमा परेको चट्याङ लागेर बिशाल रोका किरण थापा खिम कुमारी राना भगवति गैरे सपना गैरे र गोमा छन्त्याल गम्भिर घाइते हुनुभएको छ भने अन्य १३ जना सामान्य घाइते भएका छन् । सामान्य घाइते हुनेहरुमा माया रोका मनि राना सुश्मा घर्ति सुजन रोका कविता छन्त्याल इन्दुकला छन्त्याल रण कुमारी घर्ति रहनुभएको छ । अन्य यात्रा गर्दा गर्दै घाइते भएका ५ जनाको नाम ठेगाना खुल्न नसकेको स्थानिय तुल बहादुर रोकाले जानकारी दिनुभयो ।
गम्भिर घाइते ६ जनाको स्थानिय धम्जा उपस्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य हुदै गइरहेको स्वास्थ्यचौकी इन्र्चाज राजेन्द्र हमालले बताउनुभयो ।
बाल कुमारी थापाको खाली रहेको घरमा परेको चट्याङको असर बिजुली जडान गरेका घरमा स्वीच अफ नगरेका कारण तारबाट करेन्ट प्रवाह भई उक्त घटना भएको स्थानियबासीले बताएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com