सोमवार दिउँसो चट्याङ पर्दा पर्वत जिल्लाको आर्थर डाँडाखर्क गाविस ९ का एकै परिवारका तीन जना घाइते भएका छन् । आर्थर गाविस-९ काहुले स्थित ३७ बर्षिय उजेली पौडेलको घरमा चट्याङ पर्दा घर भित्रै रहेको अवस्थामा उजेली सँगै १४ बर्षिय नारायण पौडेल र १२ बर्षिय नवराज पौडेल घाइते भएका हुन् । घाइते तीनै जनालाई आर्थर डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
हावाहुरी र बर्षा सँगै परेको चट्याङले घरमा सामान्य आगालागी समेत भएको थियो । आगालागिबाट अन्य क्षति हुन नपाएको स्थानीयले जानाकारी दिएका छन् । चट्याङले ढुंगेघर भत्किएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com