पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धरानबाट नारायणघाटतर्फ गइरहेको ना.३ख. ४८९९ नम्बरको कालिका ट्राभल्सको बस रघुनाथपुर बजारस्थित बियाई पुलमा ठोक्किँदा सप्तरीको जण्डौल गाउँ विकास समिति–९ का ३७ वर्षीय मकरध्वज भनिने राजकुमार परियारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसचालक उदयपुरको नेपालटार निवासी ३२ वर्षीय पुष्प खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी बसमा सवार अन्य २५ जना घाइते भएका छन् । घाइतेमध्ये नौजनाको अवस्था गम्भीर छ । उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
अन्य घाइतेको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com