नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादी र एमाले मिलेर निर्माण गरेको एमालेको सरकारमा आफनो पार्टी सामेल नहुने बताएका छन् । प्रेस युनियन कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रमा सभापति कोइरालाले उनले काँग्रेस सरकार भन्दा बाहिर बसेर लोकतन्त्र र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन लागि पर्ने बताए । उनले काँग्रेस सरकार बाहिर बसेर गुण र दोष केलाएर समर्थन गर्ने जनाए ।
उनले माओवादीले एमालेलाई समर्थन गरेर सर्वसत्तावाद लाद्ने सपना देख्छ भने त्यो उसको भूल मात्रै हुने कोइरालाले चेतावनी दिए । उनले माओवादीलाई काँग्रेसले नै शान्ति प्रकेृयामा ल्याएको दाबी गदै उनले शान्ति प्रकृया निष्कर्षमा पुराउन माओवादीले काग्रेसलाई समर्थन गर्नु पर्नेमा त्यसो नगरेको बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com