पार्टीको कारबाहीमा परेका सद्भावना पार्टीका महासचिव अनिलकुमार झाले पार्टी अध्यक्ष राजेन्द्र महतोको पार्टीमा निरंकुशता लादेको आरोप लगाउनुभएको छ। अध्यक्ष महतोको निरंकुशता विरुद्ध पार्टी भित्रै रहेर संघर्ष गर्ने उहाँले चेतावनी दिनुभयो।
राजधानीमा आयोजित साक्षात्कारमा नेता झाले अध्यक्ष महतोले आफ्ना कार्यकर्ताको सम्मान समेत गर्न नसकेकोप्रति आपत्ति प्रकट गर्नुभयो। पार्टी फुटाउन खोजेको आरोपमा मध्य रातमा आफूलाई निलम्बन गर्ने पार्टी अध्यक्षको हैसियत नभएको समेत दावी गर्नुभएको छ।
सद्भावना पार्टीका मुख्य सचेतक समेत रहनुभएका झा रौतहटबाट समानुपातिक कोटामा सभासद् चुनिनुभएको थियो। सदभावना पार्टीले पार्टी फुटाएर सरकारमा जान खोजेको भन्दै उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरिएको छ। झाले चार जना सभासदसहित चालिस प्रतिशत पुर्याएर सरकारमा जाने तयारी गरेको भन्दै पार्टीले कारबाहीको निर्णय गरेको थियो।
No comments:
Post a Comment
kushmabajar.blogspot.com