म्याग्दी माघ जिल्लामा बिभिन्न जातका जडीबुटीहरु पाईने गरेको भए पनि यसको सहि सदुपयोग हुन सकेको छैन । म्याग्दीको विभिन्न क्षेत्रमा ८५ भन्दा बढी प्रजातीका बहुउपयोगी र बहुमूल्य जडीबुटीहरु पाइने भए पनि त्यसको सदुपयोग हुन सकेको छैन । स्थानीय जडीबुटी पहिचान र स्रोत व्यवस्थापन हुन नसक्दा जिल्लाम रहेका जडीबुटीहरुको सहि सदुपयोग हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । बन कार्यालयका अनुसार म्याग्दीमा ८५ भन्दा बढी किसिमका जडीबुटीको पहिचान भएको भए पनि त्यसको उपभोग हुन सकेको छैन । उपयोग हुन नसकेका जडिबुटीहरु खडेरीको समयमा जंगलहरुमा हुने आगालागीले गर्दा त्यतीकै नष्ट हुने गरेको छ ।
भौगोलिक विकटता स्थानीयबासीन्दामा ज्ञानको कमी र संरक्षणको लागि प्रभावकारी कार्यक्रमको अभावजस्ता कारणले गर्दा बसे्रनि लाखौं मूल्य बराबरको बहुमूल्य जडीबुटी त्यसै खेर जाने र तस्करी हुने गरेको जानाकारी वन कार्यालयले दिएको छ ।
गणतान्त्रिक सरकारले जडीबुटीको सही संरक्षण तथा प्रयोगमा ल्याउनेतर्फ ध्यान दिन सकेमा आर्थिक विकास गर्न गाह्रो नहुने जडीबुटीको अध्ययनमा लागेकाहरुको भनाई छ ।
सरकारले म्याग्दीको मात्र नभएर देशका अन्य ठाउँमा समेत उपभोग हुन नसकेका जडीबुटीको संरक्षण र उपभोगमा ध्यान दिनुपर्ने स्थानीय बासीन्दाको भनाई छ ।
म्याग्दीमा जडीबुटीबाट मात्र वार्षिक २० करोडसम्म आम्दानी गर्न सकिने सम्भावना रहेको भए पनि न्यून मात्रामा आम्दानी हुने गरेको सरोकारवालाहरु बताउछन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com