कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

छोरा-बुहारी एकैपटक एकै ठाउँमा झुन्डिएर मृत्यु

प्युठानको खुङमा गएराति श्रीमान्-श्रीमती एकैपटक झुन्डिएर मृत्यु भएको छ । खुङ-४ निवासी तुलाराम न्यौपानेका छोरा-बुहारी एकैपटक एकै ठाउँमा झुन्डिएर मृत्यु भएको स्थानीय महेन्द्र कुँवरले बताए । उनीहरु घरदेखि ३० मिटर टाढा एउटै डोरीमा झुन्डिएर मृत अवस्थामा भेटिएको हो ।

कात्तिक महिनामा मात्र प्रेमविवाह गरेका २४ वर्षीय ओमलाल न्यौपाने र १६ वर्षीय वसन्ता न्यौपाने झुन्डिएर मृत्यु भएको हो । श्रीमान्-श्रीमतीको पढाइको स्तर नमिलेको भन्दै कात्तिक महिनामा प्रेमविवाह गरेका उनीहरुको औपचारिकरुपमा भने विवाह नभएको स्थानीयले बताएका छन् । यस्तै विवाह भएको केही दिनपश्चात् कात्तिक महिनामै ओमलालको आमाको मृत्यु भएपछि पनि औपचारिकरुपमा विवाह गर्ने समय सारिँदै गएको थियो । औपचारिकरुपमा सिन्दूर नहाले पनि श्रीमान्-श्रीमती एकै घरमा बस्दै आएका थिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com