पर्वत माघ २८ । जलबिद्युत निर्माण गर्ने क्रममा कृषकहरुले राखेका माग अहिलेसम्म पनि पुरा नगरेको भन्दै पर्वतका कृषकहरु आन्दोलनमा उत्रिएका छन् । एक मेघावाट क्षमताको पातीखोला जलविद्युत केन्द्रको प्रभावित क्षेत्र बाजुङ्ग गाविस वडा नम्बर ३ ज्यामिरे खोलाखेतका कृषकहरु आफ्नो माग सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
२०६५ सालमा स्थापना भएको युनिफाइड हाइड्रोपावरले २०६७ भदौ १५ सम्म कुलो निर्माण गर्ने सम्झौता भएपनि अहिले सम्म वेवास्ता गरेकाले आन्दोलनमा उत्रनुपरेको समिर मल्ल्ाले जानकारी दिनुभयो ।
सिँचाई सुविधा नभएकाले ५ सय मुरी धान उत्पादन हुने जग्गाा पनि बुझै राख्नुपरेको उनीहरुको गुनासो छ । उता हाइड्रोपावरका लेखापाल विश्व ढुङ्गगाना ले कुलो निर्माण भएको र त्यसमा कुनै समस्या नभएको बताउनुभयो । तर कृषकहरुले कुलो नबनाए सम्म शान्तिपुर्ण आन्दोलन गर्ने चेतवानी दिएका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com