लिवियामा जारी सरकारविरोधी प्रदर्शनले गर्दा अलपत्र परेका नेपाली कामदाहरुलाई उद्धार गरि इजिप्ट ल्याईने भएको छ । दुतावासका अनुसार आगामी विहिवार सम्ममा लिवियामा रहेका सवै नेपाली कामदारहरुलाई उद्धार गरि इजिप्ट ल्याईने भएको हो ।
लिबिया हेर्दै आएको इजिप्टस्थित नेपाल दूतावासका प्रथम सचिब तीर्थ अर्यालका अनुसार त्यहाँ कार्यरत ६ सय नेपाली कामदारहरुलाई उद्धार गरि इजिप्टको राजधानी कायरो ल्याईने भएको छ । लिबियामा ४२ वर्षदेखि एकछत्र शासन गर्दै आएका कर्णेल मुआमार गद्दाफी विरुद्ध जनता सातायता निरन्तर स्वस्फूर्त प्रदर्शनमा छन् ।
अलपत्र कामदारलाई लिबियाली संस्थाहरूले खाना उपलब्ध गराइरहेको दुतावासले जनाएको छ । प्रदर्शनकारीले दक्षिण कोरियाली निर्माण कम्पनीमा कार्यरत नेपालीसहित करिब दुई हजार कामदार बस्दै आएको दर्नास्थित भवन आगजनी गरेपछि उनीहरू अलपत्र छन् ।
प्रर्दशनमा अहिलेसम्म लिवियामा करिब तीन सय प्रर्दशनकारी मारिएका छन् । नेपालीलाई इजिप्ट ल्याउनका लागि त्यहाँको सरकारसँग अनुमति लिने प्रयास भइरहेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com