जिल्लाको देविस्थान गाविसको वडा नंवर सात आठ र नौ रुन्मास्थित भीरखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । स्थानीयबासीको सकि्रयतामा विहीबार दिउँसोदेखि लागेको डढेलो शुक्रबार विहान नियन्त्रणमा आएको हो । स्थानीय गोपाल रेग्मीका अनुसार डढेलोले सामुदायिक र राष्ट्रिय वनमा ठुलो क्षति पुर् याएको छ ।
डढेलोले जँगली जनावर र चराचुरुङीको बासस्थान नष्ट भएको स्थानीयबासीले जानकारी दिएका छन् । ुधेरै जनावरहरु मरेको अनुमान गरेका छौँ स्थानीय रविन फगामीले भने । डढेलोले भीरखर्क डांडामा राखिएको नेपाल टेलिकमको स्काई टावरलाई सामान्य क्षति पुर् याएपनि सेवा भने अवरुद्ध भएको छैन।
टावर वरपर सरसफाई गरिएकाले ठुलो क्षति हुन नपाएको नेपाल दुरसाचार शाखा कार्यालय म्याग्दीका प्रमुख रामचन्द्र शर्माले बताए । शर्माका अनुसार उक्त टावरमा क्षती भएको भए टेलिकमलाई करिव आठलाख रुपैयाँ नोक्सान हुने थियो ।
सुख्खा मौसमका कारण डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ । विभिन्न ठाउँमा डढेलो लाग्ने क्रम सुरु भएपछि मानवीय क्षति हुन नदिन सवैले सर्तकता अपनाउनुपर्ने कार्यालय प्रमुख पूर्णेश्वर सुवेदीले बताए ।
हावाहुरी गाईगोठ तथा चुरोटजन्य बस्तुबाट जँगलमा सजिलै आगलागी हुनेगरेको पाईएको छ । म्याग्दीमा डढेलोबाट गतवर्ष मात्रै बिभिन्न ३२ गाविसको सामुदायिक वनमा लागेको डढेलोबाट मात्रै पाँचजनाको ज्यान जानुका साथै तिन हजार ६९ हेक्टर वनको जङ्गलमा क्षती पुगेको थियो ।
ुआगलागीबाट अाजानमा ज्यान जान्छ अभिभावक र बालबालिका दुवै सजग हुन जरुरी छ प्रमुख सुवेदीले भने । डढेलो सम्बन्धी साचारमाध्यमले पनि सकर
ात्मक भुमिका खेल्नुपर्ने उनको भनाई छ
ात्मक भुमिका खेल्नुपर्ने उनको भनाई छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com