पर्वत जिल्लामा यस बर्षको पहिलो चरणको पोलियो खोप अभियान अन्तर्गत आज झण्डै २६ हजार बालबालिकालाई पोलियो थोपा खुवाइएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विश्व स्वास्थ्य संगठन युनिसेफ र रोटरी इन्टरनेशनल राष्ट्रिय खोप समितिले संयुक्त रुपमा अभियान साचालन गरेका छन् ।
पर्वतका ५५ गाविसका जन्मेदेखि पाँच बर्ष मुनिका २५ हजार ५ सय ६० बालबालिकालाई आज र छुटेका बालबालिकालाई भोलि आइतबार पोलियो थोपा खुवाइदै छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका ५५ वटै गाविसमा १ हजार १६ जना स्वयंसेवक पोलियो खोप अभियानमा परिचालन गरेको छ ।
आज विहान ८ बजेदेखि साचालन भएको अभियान अनुगमन तथा निरिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयका नोडल अधिकृत गोपाल आचार्य सहितको टोली बाग्लुङ र पर्वतको सिमाना मालढुंगा देखि कास्की र पर्वतको सिमाना बेतेनी सम्म मोबाइल टोलिका रुपमा परिचालित भएको छ ।
यसैगरी १३ औं राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत आज म्याग्दीमा ५ बर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइएको छ ।
कार्यक्रममा म्याग्दी जिल्ला भरका १८ हजार २ सय ५५ जनालाई पोलीयो भ्याक्सीन दिने कार्यक्रम रहेको बताईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका खोप सुपरभाइजर एकनारायण लम्सालका अनुसार गत बर्ष १४ हजार ९ सय ४१ जना बालबालिकालाई पोलीयो खोप दिइएकोमा यो बर्ष करिब ४ हजार बढी बालबालिकालाई पोलीयो खोप दिने लक्ष रहेको छ ।
१३ औं राष्ट्रिय पोलीयो खोप कार्यक्रमको लागि म्याग्दी जिल्लाका ४१ गाविसमा ३ सय ७२ खोप केन्द्रमा ७ सय ४४ जना स्यंमसेवीका खटाईएको छ । जिल्ला स्वास्थ्य कयार्ालयका तर्फबाट १ सय ३३ जना स्वास्थ्यकर्मी स्थानीय स्तरमा र १५ जना जिल्ला स्तरमा स्वास्थ्यकर्मी खटाईको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com