कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

साथीको श्रीमती भगाएको आरोपमा लिङ्ग काटिदिए


आफ्ना मित्रको साथीको श्रीमती भगाएको आरोपमा बाँके जयसपुरका यूवाहरुले एक भारतीयको लिङ्ग काटिदिएका छन् । साथीको श्रीमती भगाएर लाने भारती नागरिक नानपाराका उजिर अहमद खाँको लिङ्ग काटि दिएका हुन ।
खाँ बाँके जयसपुरमा रहेको आफन्तलाई भेटन उनको घर आएको बेला पारेर स्थानीय यूवाहरुले ३४ बर्षीय भारतीय नागरिकको लिङ्ग काटिदिएका हुन । खाँको लिङ्ग काटन स्थानीय पाँच जना यूवा हरु गएको प्रहरीले जनाएको छ ।
लिङ्ग काटेर घाईत भएका खाँको अहिले भेरी अन्चल अस्पतालमा उपचार भईरहेको छ । लिङ्ग काट्ेको आरोप लागेका यूवाहरु भने हाल फरार रहेको र प्रहरीले उनीहरुको पहिचान पछि खोजी गरिरहेको जनाएको छ । खाँले एक वर्ष अघि स्थानीयको श्रीमतीलाई भगाएर भारत पुर्याएका थिए । बाँकेमा श्रीमती भगाउनेको लिङ्ग काटेको यो पहिलो घटना भने होईन । यसअघि पनि त्यस्तै घटनामा एक पुरुषको लिङ्ग काटीदिदा उनको ज्यानै गएको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com