कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कम्युनिष्टको सिद्धान्त र नामको बदनाम गरेको आरोप


मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका वाम दलहरुले कम्युनिष्टको सिद्धान्त र नामको बदनाम गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार बिहान बाराको कलैयामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेको अवसरवादी चरित्रले देश दुर्घटनामा फँस्ने चेतावनी दिदै एमाले भित्रका केही महत्वाकांक्षी नेताहरुको कारण राजनीतिक गतिरोधले निकास पाउन नसकेको पनि आरोप लगाउनुभयो । अध्यक्ष यादवले आफूलाई कम्युनिष्ट बताउनेहरुले सत्ताको खेलमा लागेर कम्युनिष्टको सिद्धान्त र नामको बदनाम गरेका आरोप लगाउदै उहाँले नेपालका बाम पार्टीहरु साईन बोर्डभन्दा बढी नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले मुलुकलाई निकास दिन कुनै दुई दलबीच मात्र नभई वाम, लोकतान्त्रिक र मधेशी दलहरुको संयुक्त मोर्चा हुनुपर्ने बताउनुभयो । उहाँले माओवादी र एमालेबीच भएको सात बुँदे गोप्य सम्झौताले मुलुक र शान्ति प्रकृयालाई धरापमा पार्ने चेतावनी दिदै सेना समायोजनको ढाँचा बिशेष समितिले तयार पार्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले माओवादी जनसेना बिशेष समितिमा आए पनि चेन अफ कमाण्ड माओवादी मातहतमै रहेको भन्दै अध्यक्ष यादवले आपत्ति जनाउनुभयो ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com