कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको महोत्सवको तयारी कुश्मा बलेवा जोड्न मोटरबाटो निर्माण का लागि खर्चिने


पर्वतको सदरमुकाम कुस्माबजारमा संचालन हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘समग्र पर्वत जिल्लाको प्रवद्र्धन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आगामी फागुन १६ गतेदेखि २२ गतेसम्म सन्चालन हुने धौलागिरी अन्चल स्तरीय तेस्रो पर्वत महोत्सवको सवैजसो तयारी पुरा भएको हो ।
कुल १ सय ५० वटा स्टल निर्माण रहने महोत्सवमा स्टल निर्माण कार्य शुरु गरिएको र महोत्सवमा १ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ । १ लाख दर्शक तथा पर्यटकलाई भित्र्याउने लक्ष्य रहेको महोत्सवको मुल संयोजक उद्योग बाणिज्य संघ र मुख्य प्रायोजकमा नेपाल बैंक लिमिटेड र प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक लगायत विभिन्न्ा संघ संस्थाहरु रहेका छन् ।
महोत्सवमा स्थानीय उत्पादन लघु उद्यम र व्यापारमेलालाई प्रमुख प्राथमिकता दिइने भएको छ । धौलागिरी अाचलका गाउँ गाउँमा उत्पादन भएका सामग्रीहरु स्थानीय अल्लोका कपडा लोक्ताको नेपाली कागज हस्ताकलाका सामाग्रीहरु सुन्तलाको जुस मह जडिबुटी लगायतको प्रवद्र्धनलाई मुख्य जोड दिइने भएको छ । त्यस्तै लप्सीफुड अदुवा क्याण्डी लालीगुँरासको जुस काफलको जुस मौरीघार विभिन्न कृषि बाली र गाउँ गाउँमा उत्पादीत जिल्लाको पहिचान दिलाउने खालका वस्तुलाई आवश्यक स्टलको व्यवस्था विकि्र तथा प्रचार गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा राखिने १ सय ५० स्टल मध्ये ५० प्रतिशत लघु उद्यमीहरुका लागि छुट्टाइएको छ । । आवश्यक प्रचार प्रसारको अभावमा उत्पादीत वस्तुहरु विकि्र नभैरहेको अवस्थामा साना उद्यमीहरु पलायन भैरहेकाले उनीहरुको प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखिएको मुल संयोजक होमनारायण श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार तथा लघु उद्यम व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्ल्ााको चौतर्फी विकास गर्ने मुख्य उद्धेश्य रहेको महोत्सवलाई प्रभावकारी र परिणामुखि बनाउन व्यापक तयारीमा लागेको मुल संयोजक श्रेण्ठले बताउनुभयो ।
२४ लाख खर्च गरिने र वाँकी रकमले कुश्मा बलेवा जोड्न मोटरबाटो निर्माण गर्नुका साथै जिल्लाको समग्र पर्यटकीय विकासका लागि खर्चिने बताइएको छ । विशेषगरी पर्यटन वर्ष २०११ सँगै गरिने महोत्सवले जिल्लामा रहेका ४० भन्दा बढि पर्य्रटकीय आकर्षणका केन्द्रहरुको उचित प्रचार प्रसार तथा प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com