कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

५० लाख रकम नदिएको आश्चर्यजनक तर सत्य कुरा प्रकाशमा

पर्वत फागुन ५ । पर्वत जिल्लाकॊ तिलाहार स्थित एक उच्च माविका लागि रकम संकलन गर्न धनधान्यान्चल महायज्ञको धुमधामसंग सुरु भैरहेको बेला पर्वत जिल्लाको सदरमुकाम स्थित नारायण उच्च माविले ६ बर्ष पहिले आयोजना गरेको महायज्ञमा रकम बोल्ने महानुभावहरुले आफुले बोलेको ५० लाख रकम नदिएको आश्चर्यजनक तर सत्य कुरा प्रकाशमा आएको छ ।
त्यसैले शैक्षिक विकासका निम्ति विद्यालयले महायज्ञ लगाउन एक पटक सोच्नुैपर्ने भएको छ । रकम उठाउने आशाले महायज्ञ गरिदा पछि ऋणमा डुब्नुपर्ने अवस्था नआउला भन्न पनि सकिन्न । किनकि यहि अवस्था ब्यहोर्न बाध्य बनेको छ पर्वत सदरमुकाम कुस्माबजारको एक उच्च माध्यमिक विद्यालय ।
जिल्लामा नै पहिलोपटक विज्ञान संकायमा शिक्षा दिलाउने उद्देश्यका साथ सदरमुकाम कुस्माबजारमा स्थित नारायण उच्च माविले आर्थिक संकलनका लागि २०६१ पुस २६ देखि माघ ५ सम्म धनधान्यचल त गर् यो तर महायज्ञमा बोल कबोल रकम १ करोड ९ लाख मध्येको झण्डै ५० लाख रकम अझै संकलन नहुदा शैक्षिक उद्देश्य पुरा गर्न सकेको छैन ।
यसो त विद्यालयको नाम नै परिवर्तन गर्ने अठोटका साथ महायज्ञमा ३५ लाख बराबरको रकम बोलेपनि हाल सम्म उक्त रकम उपलब्ध नभएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयलाई स्थापना कालदेखि नै सहयोग पुर् याउदै आएका स्वर्गीय भाजवीर जोशीको परिवारको स्मृतिमा भिमेश्वर नारायण निजी गुठीमा आबद्ध व्यक्तिहरुले विद्यालयलाई ३५ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । घोषणा गरे लगत्तै सार्वजनिक समारोहमा सम्मानपत्र समेत लिएका उनीहरुले ६ बर्ष वितिसक्दा समेत बोल कबोलको रकम उपलब्ध नगराएको विद्यालयले जनाएको छ ।
उनीहरुले भिमेश्वर नारायण निजी गुठीको नाममा रहेको शिवालय गाविस ३ को कित्ता नं। १०१९ को १ रोपनी ३ आना ०।१ क्षेत्रफलको जग्गा मध्ये पश्चिम तर्फबाट घडेरीको मोहदा पर्ने गरी २४ हात र नगद ११ लाख १ सय उपलब्ध गराउने घोषणा गरेका थिए ।
सोही समयमा महायज्ञको जग्गा मुल्याङकन समितिले २४ हात जग्गालाई २४ लाख मुल्य गरी भिमेश्वर नारायण निजी गुठीको तर्फबाट ३५ लाख १ सयको हिसाव किताव सार्वजनिक भएको थियो ।
चन्दादाताहरुले विद्यालयको नाममा भाजवीर जोशी थप गरी नारायण भाजविर जोशी उच्च मावि राख्न चन्दा बोलेपनि रकम उपलब्ध नभएपनि विद्यालयको नाम समेत परिवर्तन भएको छैन ।
उक्त गुठी परिवारलाई पटक पटक जग्गा र बोलेको रकम उपलब्ध गराउन अनुरोध गर्दा पनि कुनै वास्ता नगरिएको विद्यालयका प्रधानध्यापक बसन्तबहादुर सिकेले बताउनुभयो ।
सो सँगै सदरमुकामकै ईश्वरी प्रसाद श्रेष्ठ र भगतप्रसाद श्रेष्ठले ६ लाख बराबरको कम्प्युटर र टेबल सेट दिने भनिएपनि हाल सम्म विद्यालयले प्राप्त गर्न सकेको छैन । उनीहरुले समेत सम्मानपत्र लिइसकेका छन् । चन्दा बोलेका दुवै जनाको मृत्यु भइसकेको छ । अन्य चन्दा नदिनेहरुमा २५ सय देखि ५१ हजार सम्मका चन्दा दाता रहेका छन् ।
यसरी महायज्ञमा नै बोलेको रकम असुल उपर नभएपछि विद्यालयले उद्देश्य अनुरुपमा शिक्षा दिलाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माले बताए । ुविज्ञान संकाय अध्यापन गराउँदा खर्च बढी हुन्छ’ उहाले भन्नुभयोुचन्दा बोलेको रकम संकलन हुन नसक्दा समस्या आर्थिक समस्या उत्पन्न भएको छ ।ु
विद्यालयले जस्तो सुकै आर्थिक संकट व्यहोर्नु परेपनि शैक्षिक विकासमा भने प्रगति हासिल गर्दै आएको छ । विभिन्न अाचलस्तरीय विकास क्षेत्र स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगितात्मक कि्रयाकलापमा सफलता हांसिल गर्दै आएको प्रधानाध्यापक बसन्तबहादुर सिकेले बताउनुभयो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com