कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी नेतालाई ४० हजार जरिवानासहित माफी माग्न लगाइयो


 १५ दिनअघि भएको अपहरणमा संलग्न भएको आरोपमा एकीकृत नेकपा माओवादी राज्य समितिका सदस्य केदारकुमार राईलाई माफी माग्न लगाएर ४० हजार रुपियाँ जरिवाना तिराइएको छ । जिल्लाको विकट पहाडी गाविस लाफागाउँ-१ मा दुई साताअघि एमाले र कङ्ग्रेसका दर्जन कार्यकर्तालाई घर-घरबाट अपहरण गरी बन्धक बनाएको भन्दै एमाले र कङ्ग्रेस निकट केही व्यक्तिले किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि उनीलगायत् एमाओवादीका ११ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर प्रहरीले उनीहरु सबैविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
तर, एमाओवादीले प्रहरीकै संलग्नतामा आफ्ना नेता कार्यकर्ताविरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउँदै अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेपछि प्रजिअकै नेतृत्वमा चार दिनअघि सर्वपक्षीय टोली घटनास्थल गएको थियो। अधिकारकर्मी, प्रहरी, राजनीतिक दलका प्रतिनिधिलगायत् संलग्न टोलीले सोमबार साँझसम्म घटनास्थलमै पीडित र पीडक दुवै पक्षलाई राखेर गरिएको छलफलमा नेता राईले गल्ती गरेको ठहर भएपछि सो जरिवाना गराइएको प्रहरीले जनाएको छ । तीनै पार्टीका उच्चस्तरीय जिल्ला नेताको सहभागिता रहेको छलफलले अपहरण गरेको नभए पनि अपहरणको शैली अपनाएको ठहरेपछि गाउँमै मुद्दा मिलाउन जरिवाना गराइएको बताइएको छ । उनीलगायत् घटनामा संलग्न भएका दीपक राईसहित ६ जना पार्टी जिल्ला सदस्य तथा गाउँ पार्टी सेक्रेटरी चन्द्रकुमार कार्की र लीलाभक्त कार्कीसमेतलाई छलफलले सामूहिकरुपमा सार्वजनिक माफी मगाएको सहभागी एक अधिकारकर्मीले बताए।

No comments:

Post a Comment

kushmabajar.blogspot.com