कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

प्राडो गाडी कतार पुगेका बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जिते

केहि हजार कमाउने आशामा खाडि मुलुक पुगेका ब्यक्तिले नसोचेको २ करोड पाउँदा कस्तो हुन्छ होला यस्तै भएको छ २ नेपाली नागरिक लाई श्रमका लागि कतार पुगेका जयमंगल यादव र नरबहादुर बस्नेत लक्की ड्र अन्तर्गतको भाग्यमानी विजेता बन्न सफल भएका हुन् । लक्की ड्रमार्फत १० लाख रियाल अर्थात २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरहवा रुपन्देहीका जयमंगल यादवले पाएका छन् भने दोस्रो पुरस्कार ल्याण्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका हुन् ।

एक कम्पनीमा ड्राईभर पेसा गर्दै आएका यादव ३ वर्षदेखि कतारमा कार्यरत छन् । उनको घरमा श्रीमती, २ छोरा र १ छोरी छन् भने ३० लाख बराबरको प्राडो उपहार पाएका बस्नेत पनि ३ वर्षदेखि नै कतरामा काम गर्दै आएका छन् । उनको घरमा श्रीमति आमा र बुबा रहेका छन् ।

कतारमा अवस्थित सफारी मलले ५० रियालको सामान किन्दा एउटा लक्की ड्र कुपन दिने गरेको र त्यो मंगलबार खोल्दा पहिलो र दोस्रो पुरस्कार नेपालीलाई परेको हो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com