स्याङजा जिल्ला कारागार कैदीहरुले निर्माण गरेका उत्पादनले बजार नपाएपछि कैदीहरु मर्कामा परेका छन् । अहिले कारागारको स्टोर कक्षमा कैदीले निर्माण गरेका सामाग्रीहरु महिनौदेखि थन्किएर रहेका छन् । ४५ जना कैदीहरु रहेको जिल्ला कारागारमा अधिकाशं कैदीहरुले घरपरिवार पाल्नुपर्ने वाध्यता रहेको हुदा दिनरात मेहनत गरेर मुडा, नाङला लगायतका दर्जनौ सामाग्रीहरु निर्माण गर्ने गर्दछन् तर उनीहरुको सामान किन्ने ग्राहकहरु आउदैनन् ।
बजारमा यस्ता सामाग्रीहरुको अभाव उत्तिकै छ भने कारागारमा यी सामानहरु थन्काएर राख्नुपरेको छ त्यती मात्र होईन लामो समयसम्म स्टोर कक्षमा नै सामानहरु यसरी थन्काएर राख्दा सामानहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । कारागारमा निर्माण भएका यी सामाग्रीहरुको पहुच वजारसम्म पुग्न सकेको छैन् । एकातर्फ अधिकाशँ उपभोक्तालाई कारागारमा यस्ता सामाग्रीहरु पाईन्छन् भन्ने नै थाहा छैन् भने अर्कातर्फ यीनीहरुको बजार कारागारमा मात्र सिमित हुने हुदा पनी विक्रिको लागि समस्या पर्ने गर्दछ । यस्ता सामाग्रीहरु वजारसम्म पुग्ने कुनै माध्यम नै छैन् ।
कैदीहरुले यस्ता सामाग्रीहरु निर्माण गर्दा आवश्यक कच्चा सामाग्रीहरु बजारवाट मँहगो दरमा किन्नुपर्ने हुन्छ । कोहि ग्राहक आउछन् भनेर दिनभर कुरेर वस्छौ उनीहरु भन्छन् । कहिलेकाहि विक्रि गरेर मासिक २ देखि ३ हजारसम्म पनी आम्दानी हुने गर्दछ कैदीहरुले । तर मेहनत १६० र विक्री र खर्च अनुसारको आम्दानी नहुदा उनीहरु बताउछन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com