म्याग्दी फागुन ६ । नेपाल पर्यटन बर्ष २०११ शुरु भएपछि म्याग्दी जिल्लामा पुष महिनामा १ हजार ८ सय ४१ पर्यटक म्याग्दी जिल्लामा भित्रिएका छन् । म्याग्दी जिल्लामा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा करिव २० हजार पर्यटक म्याग्दी भित्रिएका छन् । यस संख्यालाई सन्तोष मान्ने खालको नभएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।
राज्यमा रहेको अस्थिर राजनीतिका बाबजुद पनि चालु आर्थीक वर्ष जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार पर्यटकहरु धौलागिरी राउण्डको बेनी दरवाङ मच्छे मुदी हुँदै मार्फामा पुग्ने गरेका छन् ।
कार्यालयको तथ्यांकमा उल्लेख भएअनुसार गत आर्थिक वर्ष ०६६।०६७ मा ३१ हजार ४ सय ९३ जना र यो आर्थिक वर्ष ०६७।०६८ को पुष महिना सम्म १९ हजार नौसय ५५ जना पर्यटक भ्रमण गरेका हुन् ।
यो वर्षको श्रावणमा ६४६ भाद्र ९७६ असोजमा ३६६२ कात्तिकमा आठ हजार पाँचसय १६ मंशिरमा चारहजार तिनसय १३ र पौषमा एक हजार आठसय ४१ जनाले म्याग्दी भ्रमण गरेको कार्यालयले जनाएको छ । कार्यालयले आन्तरिक पर्यटकहरुको भने तथ्याङ्क राख्ने नगरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको माताहत रहेका दाना घोडेपानी लगायतका इलाका तथा अस्थायी प्रहरी चौकीहरुले पर्यटकको तथ्याङ्क लिने गरेका छन् । यसरी तथ्याङ्क लिँदा पर्यटकहरुको सेवासुविधा सुरक्षा लगायतमा व्यवसायी पर्यटक र प्रहरीलाई समेत सहज हुनुका साथै पर्यटन बोर्डलाई पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com