कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बाराहीघाट र स्विमिङ पुलघाट तथा खपौँदीबाट जलकुम्भी हटाइए

जलकुम्भीले ढाकेर त्यसको सुन्दरता बिग्रन थालेपछि पश्चिमाञ्चल होटेल सङ्घको पहलमा सशस्त्र प्रहरी बललगायत अन्य सुरक्षाकर्मी र पर्यटन व्यवसायीले शुक्रबार १५ ट्रक जलकुम्भी पोखराको फेवाताल बाट हटाएका छन् । बाराहीघाट र स्विमिङ पुलघाट तथा खपौँदीबाट जलकुम्भी हटाइएको हो । जलकुम्भी झारका कारण फेवातालमा बढ्दै गएको प्रदूषण नियन्त्रण गर्न र ताल पुरिनबाट जोगाउन आयोजित सो कार्यक्रममा मुख्य गरी सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतहरु खटिएका थिए ।
 
विसं २०१७ मा ९८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल विसं २०५५ मा आइपुग्दा ४४३ हेक्टरमा सीमित हुन पुगेको तथ्याङ्क छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com