नेकपा एमालेसंग भएको सात बुँदे सहमति ब्यबहारमा कार्यन्वयन नभएको ठहर गर्दै माओवादीले तत्काल सरकारमा नजाने तर समर्थन भने गरिरहने निर्णय गरेको छ । माओवादीलाई गृह मन्त्रालय दिने बिषयमा एमाले स्थायी समिति वैठकमा सहमति जुटन नसकेपछि माओवादीले सरकारमा नजाने तर बाहिरैबाट समर्थन गर्ने एक साता अघिको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो ।
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालवीच बुधबार बिहान बालुवाटारमा भएको छलफलमा माओवादीलाई गृहसहित ११ वटा मन्त्रालय दिन सहमति भएपनि एमाले नेता माधवकुमार नेपाल र केपी ओलीले त्यसको तिब्र बिरोध गरेपछि त्यसको कार्यन्वयन हुन सकेन् । पार्टीका तर्फबाट सरकारका जाने मन्त्रीको नाम अनुमोदन गर्न बोलाइएको माओवादी स्थायी समिति वैठक अन्ततः पुरानै

‘एकीकृत नेकपा माओवादी र नेकपा एमालेका वीचमा प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सात बुँदे सम्झौताप्रति नेकपा एमालेको दृढ प्रतिबद्धता ब्यबहारमा प्रर्दशन हुन नसकेकाले’- वैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले जारी गरेको बिज्ञप्तीमा भनिएको छ- ‘हाम्रो पार्टी सरकारमा सहभागी हुने अबस्था अझै सिर्जना नभइसकेको स्थीतिमा सरकारलाई बाहिरबाट समर्थन गर्ने नीति हाललाई कायमै राखिएको छ ।’
बुधबार बिहान ११ बजे बोलाइएको वैठक एमाले स्थायी समितिको वैठकका निर्णय कुर्दै बेलुकी ५ बजेका लागि सारिएको थियो ।-रासस
No comments:
Post a Comment
kushmabajar.blogspot.com