कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

प्रजातन्त्र दिवस समारोह जिल्ला समिति म्याग्दीमा आयोजना


म्याग्दी फागुन ७ । प्रजातन्त्र बलियो भयो भने मात्र लोकतन्त्र संस्थागत हुने म्याग्दीमा आयोजना गरिएको कार्यक्रममा सहभागिले बताएका छन् । ६१ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीमा भएको कार्यक्रममा लोकतन्त्रको जग प्रजातन्त्र भएकाले यसको मुल मर्म अनुसार राजनैतिक दल चल्नुपर्ने बताइएको थियो ।
प्रजातन्त्र दिवस समारोह जिल्ला समिति म्याग्दीले आयोजना गरेका प्रभातफेरी कार्यक्रममा सहभागिले नेपाली जनताको प्रत्यक्ष सहभागितामा निरङ्कुश राणा शासनको अन्त्यसंगै प्रजातन्त्रको स्थापना भएजस्तै राजतन्त्रको अन्त्य संगै नेपालमा गणतन्त्र आएको बताए ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ्ग स्थानीय विकास अधिकारी दीर्घनारायण पौडेल विभिन्न राजनैतिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । दिवसको अवसरमा जिल्ला अस्पताल म्याग्दीमा रहेका ८ जना विरामीलाई फलफुल वितरण समेत गरिएको थियो ।
यसैविच प्रजातन्त्र दिवसको अवसरमा हिमाली जिल्ला मुस्ताङमा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com