कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जिल्ला अस्पताल म्याग्दीका बिरामीलाई फलफूल वितरण

६१ औँ प्रजातन्त्र दिवसको अवसरमा शनिबार बेनीस्थित जिल्ला अस्पताल म्याग्दीका बिरामीलाई फलफूल वितरण गरिएको छ। जिल्लास्थित लोकतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, स्थानीय विकास अधिकारी दिर्घनारायण पौडेललगायतले उपचार गराउन आएका २० जनालाई फलफूल वितरण गरेका हुन् । यसैगरी प्रजातन्त्र दिवसकै अवसरमा बेनीमा प्रभातफेरी पनि गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको र्‍याली बजारका विभिन्न ठाउँ परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन भएको थियो।

No comments:

Post a Comment

kushmabajar.blogspot.com