कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सहायक प्रिन्सिपल गजेन्द्र पन्तको असामयिक निधन प्रति शोक व्यक्त

आदर्श बिद्या मन्दिर उच्च माविका सहायक प्रिन्सिपल गजेन्द्र पन्तको गए राति भएको असामयिक निधन प्रति शोक व्यक्त गर्दै आज बागलुङ बजारका सम्पुर्ण निजि बिद्यालयहरुले पठन पाठन बन्द गरेका छन् । एन प्याब्सनले कर्तव्यनिष्ठ इमान्दार परिश्रमी शिक्षकको निधनले बागलुङको शैक्षिक क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै आज एक दिनका लागि बिद्यालय बन्द गर्न गरेको आग्रह अनुसार बागलुङ बजारका १५ भन्दा बढी निजि बिद्यालयहरुले पठन पाठन बन्द गरेका हुन् ।
बिगत ११ बर्ष देखी आदर्श बिद्या मन्दिर उच्च माविका सहायक पि्र_िन्सपलको रुपमा रहनुभएका पन्तको गए राति ब्रेन ह्युमरेज रोगका कारण काठमाण्डौ बासबारी स्थित न्युरो अस्पतालमा उपचारको क्रममा ५१ बर्षको उमेरमा निधन भएको थियो ।
श्रीमति र २ छोरी रहेका पन्तको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै बिद्यालयले स्वर्गिय पन्तका दुई छोरीलाई उच्च मावि सम्म निशुल्क रुपमा पठन पाठन गरिदिने पि्र_िन्सपल रेशम केसीले बताउनुभयो । उहाका अनुसार स्वर्गिय पन्तका परिवारलाई तत्काल सहयोग स्वरुप ५० हजार रुपया उपलब्ध गराइएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com