लोडसेडिङले देशको आर्थिक क्षेत्र संकटमा परिरहेको बेलामा त्यसको प्रभ्ााव अव खेल क्षेत्रमा समेत देखिन थालेको छ ।
म्याग्दीको सदरमुकाम बेनीको कालिपुलमा रहेको म्याग्दी बहुउद्देश्यीय कवर्ड हलमा सञ्चालन हुने ब्याटमेन्टीन खेल लोडसेडिङको कारण प्रभावित भइरहेको छ ।
नियमित ६ बजे देखि सुरू हुने गरेको खेल विहान ५ देखि ९ बजेसम्मको लोडसेडिङले गर्दा खेल सञ्चालनमा समस्या भइरहेको खेलाडी सुविन श्रेष्ठले बताउनुभयो ।उज्यालोको साहारमा खेलाडीले खेल खेल्नुपर्ने बाध्यता रहेको छ ।
विहानको समयमा करिव १३ खेल हुने गरेको भएपनि लाईटको ब्यवस्था हुन नसक्दा खेलाडीको न्यून सहभागिता रहने गरेको बताइएको छ ।
करिव ६० लाखको लागतमा निर्माण गरिएको कर्वड हलमा नयाँ खेलाडीका उत्पादन गर्न प्रशिक्षक बोलाइन लागिएको भएपनि जेनेटरको सुविधा मिति तोक्न समस्या भइरहेको खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
लोडसेडिङ संगै समितिको निस्कृयताले गर्दा पिज,लाईट लगाएत खेलाडीलाई आवश्यकता पर्ने समाग्रीको अभाव भइरहेका गुनासो खेलाडीले गरेका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com