कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

श्रीमद् भाग्वत ज्ञान महायज्ञ मंगलबारबाट बयरघारीमा सुरु


सुरेन्द्र गौडेल, वालिङ४ फागुन । स्याङ्जाको दासर्िङ दहथुम गाविसमा रहेको दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भाग्वत ज्ञान महायज्ञ मंगलबारबाट बयरघारीमा सुरु भएको छ । महायज्ञको उद्घाटन गर्दै प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठले महायज्ञको आयोजना गरेर क्याम्पसको स्तरोन्नति भन्दा पनि प्राविधिक शिक्षा नै आजको आवस्यकता भएकोले प्राविधिक शिक्षालयको रुपमा यस क्याम्पसलाई विकास गर्न सुझाब दिनुभयो ।

उहाँले दहथुम क्याम्पसलाई प्राविधिक शिक्षालयको रुपमा रुपान्तरण गरिएको खण्डमा केन्द्रबाट आवस्यक पर्ने प्राविधिक उपकरण निशुल्क उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महायज्ञको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीदहथुम गाविसका पूर्व अध्यक्ष गोबिन्दकुमार कर्माचार्यप्रमुख कथाबाचक कमलनयन गौतम क्याम्पसका सदस्य डोलराज ढुङ्गानातोयनाथ अर्याललगायतले बोल्नुभएको थियो ।

उद्घाटन समारोह आयोजक मूल समारोह समितिका संयोजक खेमबहादुर केसीको सभापतित्वमा भएको थियो । यसैबीच महायज्ञ सुरु भएको दोश्रो दिनसम्ममा २५ लाख ८३ हजार तीन सय ४८ रुपैयाँ आर्थिक संकलन भएको प्रचारप्रसार उपसमितिका सचिव श्यामकाजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालिका सामुदायिक अस्पताल हेलुका संरक्षक एवं चाटर्ड एकाउण्टेन्ट खुमाप्रसाद अर्यालले १५ लाख ५० हजार एक रुपैया दान गर्नुभएको छ । प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ केवरे गाविसका समाजसेवी डोलराज शर्माले एक लाख ५१ रुपैयाँ दान गर्नुभएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com