कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पहिले खोलेर आएको फौजी ड्रेस आवश्यक परे फेरी लाउने चेतावनी


 एकिकृत नेकपा माओबादीका पोलिटब्युरो सदस्य तथा मगरात राज्य समिति इन्र्चाज हेमन्त प्रकाश ओली सुदर्शनले आफुहरुले पहिले खोलेर आएको फौजी ड्रेस आवश्यक परे फेरी लाउने चेतावनी दिनुभएको छ । धौलागिरी बहुमुखी क्याम्पस र उत्तरगङ्गा शैक्षिक कोषको आयोजनामा आज बागलुङमा भएको शान्ति संविधान र नयाँ संस्कृति बिषयक कार्यक्रममा बोल्दै उहाले उक्त चेतावनी दिनुभएको हो ।
उहाले अहिले जनयुद्ध सकिएपनि युद्ध नसकिएको संकेत गर्दै देशलाई जर्बजस्ती पछाडी धकेल्ने प्रयास गरिए १२ बँुदे सम्झौता सगैं आफुहरुले खोलेको फौजी ड्रेस फेरी लगाउने बताउनुभयो ।
उहाले शान्ति संविधानको सुनिश्चितता र शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन एमाले अध्यक्ष खनाललाई माओबादीले समर्थन गरेको उल्लेख गर्दै ७ बुँदे सहमति कार्यन्वयनमा खुट्टा नकमाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले अन्यौलग्रस्त अवस्थामा रहेको स्वबियु निर्वाचन आगामी चैत्र दोस्रो सातामा हुने बताउनुभयो ।
कार्यक्रममा उत्तरगगां शैक्षिक कोषका संयोजक तथा माओबादीका केन्द्रिय सदस्य कृष्ण केसी लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरुलॆ बोल्नुभएको थियो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com