कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सिपी गजुरेलका छोरा सञ्जीवले अदालत परिसरमै श्रीमतीलाई कुटे


माओवादी नेता सिपी गजुरेलका छोरा सञ्जीवले अदालत परिसरमै आफ्नी जेठी श्रीमतीलाई कुटेका छन् । सम्बन्धविच्छेदका लागि चलिरहेको मुद्दाको पेसीका दिन पुनरावेदन अदालत पाटनमा गजुरेलका कान्छा छोरा सञ्जीवले श्रीमती सुनीता पोख्रेललाई कुटेका हुन् । चार वर्षअघि बिहे गरेका उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।
मुद्दाले पूर्णता नपाउँदै सञ्जीवले अर्को बिहे गरेको बारे सोधपुछ गर्दा आफूमाथि हातपात गरेको सुनीताले बताइन् । "पेसी लिएर फर्किने क्रममा उक्त कुरा सोध्दा अपशब्द प्रयोग गर्दै पिट्नुभयो", उनले भनिन् ।
सञ्जीवले भने हातपात नगरेको दाबी गरे । "बाटो छेकेर अपशब्द बोल्न थालेपछि उनलाई हटाउँदै अघि बढ्ने क्रममा हातले लागेको हो" उनले भने, "कुटपिट गरेको होइन ।"
 उनीहरूबीच मागी विवाह भएको ६ महिना नबित्दै दाइजोको विषयलाई लिएर झगडा हुन थालेको सुनीताको दाबी छ ।
जिल्ला अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएपछि सुनीता पुनरावेदन गएकी हुन् । तारेख लिएर फर्किने क्रममा हातपात भएपछि पुनरावेदन अदालत पाटनका रजिस्ट्रार कृष्ण गिरीले अर्कोपल्ट पेसीमा सुनीतालाई पूर्ण सुरक्षा उपलब्ध गराइने बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com