नेपाल पत्रकार महासघं बागलुङ, पर्वत र म्याग्दी शाखाको आज सम्पन्न जिल्ला अधिवेशनबाट नयां नेतृत्व चयन भएको छ । पत्रकार महासघं पर्वतको अध्यक्षमा याम बहादुर क्षेत्री ‘संगीत श्रोता’ उपाध्यक्षमा गणेश पौडेल, सचिवमा सन्तोष थापा, सह सचिवमा कमला केसी र कोषाध्यक्षमा गोपाल जिसी चयन भएका छन्
बागलुङको नयां कार्यसमितिमा बामपन्थी समूह एमाले माओवादी निर्विरोध भएको छ । आज बागलुङमा सम्पन्न महासंघको चौथो महाधिवेशनमा नेपाली कांग्रेस निकट प्रेस युनियनले भने एकलौटी रुपमा गरिएको नेतृत्व चयन प्रति असहमति जनाउदै निर्वाचन बहिष्कार गरेको छ ।
प्रेस युनियनका अध्यक्ष दिलिप पौडेलले उल्लेख्य सदस्य रहेको आफ्नो संगठनलाई बिभिन्न षड्यन्त्र गरी बनाएको समिति आफुहरुका लागि स्वीकार्य नहुने बताएका छन् ।
अधिबेशनबाट अध्यक्षमा राम बहादुर जीसी, उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी, सचिवमा कृष्ण केसी, सह सचिवमा रामकृष्ण बोहोरा, कोषाध्यक्षमा कोपिला कंडेल र सदस्यहरुमा रामकृष्ण शर्मा तारा प्रसाद, शर्मा दिल निसानी मगर, खगराज गौतम, सज्जन कुमार सिहं र पिम्ला गौतमलाई निर्विरोध घोषित गरिएको छ ।

यस्तै पत्रकार महासघं म्याग्दीको अध्यक्षमा सुरज केसी, उपाध्यक्षमा अगन्धर तिवारी, सचिवमा हरिकृष्ण गौतम, कोषाध्यक्षमा ठाकुर आर्चाय र सह सचिवमा सन्तोष गौतम चयन भएका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com