कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कालीगण्डकीले बगाएर बेपत्ता भएका बालकको क्षतिपूर्ती ११ लाख

गत माघ २९ गते कालीगण्डकी नदीमा नुहाउन गएका ट्वीङकल होस्टेलमा बसेर पढ्ने विद्यार्थी सुनिल गैरे अझैसम्म फेला पर्न सकेका छैनन । टवीङ्कल होस्टेलले युएस एक्याडेमी कक्षा ६मा पढ्ने नरेठाँटी-३ का सुनिल गैरे फेला नपरेपछि मोटो रकम तिर्ने आईतवार सहमति जनाएको छ । 
होस्टेलले राहत स्वरुप आठ लाख रुपैयाँ नगद बालकले होस्टेलमा तिर्न बाँकी रहेको ७० हजार रुपैयाँ मिनाहा गर्ने र बालकको खोजी कार्यमा लागेको करिव दुई लाख रुपैयाँ तिर्ने सहमति जनाएको बेपत्ता बालकका आफन्त अनिल गैरेले बताएका छन् ।
रकमबाट बच्चाको स्मृती कोष बनाउने र सोही रकम बाट वेपत्ता बालकका एक मात्र दाजुलाई दश दुई जोडसम्म अध्ययनकोलागि व्यवस्था मिलाउने सहमति भएको पनि जनाईएको छ ।
दुर्घटनामा क्षतिपुर्ती बापत मोटो रकम तिरेको धौलागिरी अन्चलमानै सम्भवत यो पहिलो घटना हो भने कालीगण्डकीमा बगेको झोला छोप्न जानेक्रममा बेपत्ता भएका बिद्यार्थीको क्षतिपुर्ति ११ लाख रुपयां तिराउने काम हुनु कतिसम्म जायज हो त्योपनि चर्चाकै विषय बनेको छ । होस्टेल सन्चालकले राहत स्वरुप क्षतिपुर्ती दिने सहमति जनाएपनि कानुनी रुपमा यति मोटो रकम क्षतिपुर्ती दिने व्यवस्था नभएको प्रहरीले जनाएको छ । शिक्षकसँग नुहाईधुवाई गर्न गएका सुनिल बागलुङ नगरपालिका-१ निरहेघाट नजिकै कालीगण्डकी नदीमा खसेर गत शनिवार वेपत्ता भएका थिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com