कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङका एक बिद्यार्थी १४ दिन पछि आज मृत अवस्थामा फेला


कालीगण्डकी नदीमा नुहाउन जाने क्रममा बेपत्ता भएका बागलुङका एक बिद्यार्थी १४ दिन पछि आज मृत अवस्थामा फेला परेका छन् । बागलुङ सदरमुकाम स्थित टुईङकल होस्टेलमा बसी युएस एकेडेमी कक्षा ६ मा अध्यनरत बागलुङ नरेठाटीका १४ बर्षिय सुनिल गैरे गत माघ २९ गते नदीमा नुहाउन गएको बेला झोला खोलाले बगाएपछि लिन जाने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता गैरेको शव पर्वतको पाङ्ग गाउँ बिकास समिति- १ ढोडेनी घाटमा आज दिउसो मृत अबस्थामा नदीमा तैरिएको अबस्थामा भेटिएको थियो ।
बेपत्ता बालकको खोजीका लागि गैरेका आफन्त प्रहरी बाहिरबाट ल्याइएका तालिम प्राप्त व्यक्तिहरुले पनि फेला पार्न नसकेपछि होस्टेलले झण्डै १२ लाख रुपया गैरेका परिवारलाई बुझाएका थियो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com