पर्वत माघ २९ । विपन्न वर्गको स्तरउन्नतिमा सहयोग पुर् याउने उद्देश्यले खुर्कोटको एक सामुदायिक वन उपभोक्ता समुहले समुह अन्तर्गतका विपन्न परिवारलाई कबुलियत बन उपलब्ध गराएको छ । खुर्कोट गाविस वडा नं। ३ को झौरी सामुदायिक वन समुहले विपन्नलाई कबुलियत बन प्रदान गरेको हो ।
खुर्कोट गाविस वडा नं। ३ का ८३ घरपरिवारले उपभोग गर्दै आएको २१ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक बन मध्ये विपन्न वर्गका ६ परिवारलाई ७ रोपनी जग्गा छुट्टयाएको छ । वन समुहमा आबद्ध घर धुरी अन्तर्गत सम्पन्नता स्तरीकरणमा अति विपन्न वर्ग अन्तर्गत रहेका १७ परिवार मध्ये ६ परिवारले मात्रै उपभोग गर्ने गरी कबुलियत बन प्रदान गरेकेा समुहका अध्यक्ष पण्डित हेमराज शर्माले जानकारी दिनुभयो । विपन्न वर्गमा रहेका परिवारलाई आयआर्जनमा अग्रसर गराई स्तरउन्नोतिमा सहयोग पुर् याउने उद्देश्यले कबुलियत बन प्रदान गरेको उहाँले बताउनुभयो ।
सो सँगै अन्य परिवारलाई आयआर्जनमा सहयोग पुर् याउने उद्देश्यले विना व्याज ऋण रकम उपलब्ध गराउदै आएको समुहका सचिव शेषराज रेग्मीले जानकारी दिनुभयो । उक्त रकमबाट विपन्न परिवारले विभिन्न बाख्रापालन तरकारी खेती लगायतका व्यावसायहरु अँगालेका छन् ।
विपन्न परिवारलाई २०६० सालबाट २०७० साल सम्म प्रयोग गर्न पाउने गरी कबुलियत बन प्रदान गरिएको छ । उक्त बनमा आबद्ध ६ परिवारहरुले अमि्रसोखेती साचालन गरेका छन् । अमि्रसो खेतीबाट जिविकोपार्जनमा केहीहदसम्म सहयोग पुगेको खेमराज रेग्मीले जानकारी दिनुभयो । आफुहरुलाई अमि्रसो खेतीले जिविकोपार्जनमा भरपुर सहयोग नगरेपनि छोराछोरीको शिक्षा दिक्षा र घरखर्चमा राम्रै सहयोग पुगेको रेग्मीले बताउनुभयो ।
अमि्रसो कुचो विकि्रबाट एउटा परिवारले बर्षमा ३ हजार देखि ४ हजार सम्मको उत्पादन गर्ने गरेका छन् । समग्रमा उक्त कबुलियत बनमा आबद्ध ६ परिवारहरुले बार्षिक २० देखि २५ हजार सम्मको कुचो उत्पादन गर्ने गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com