सरकारी कार्यालय भित्र हुने आर्थिक अनियमितता देखि विकासे कामलाई आम नागरिक सम्म पुर्याउन सञ्चारकर्मीले विषेश चासो दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको तेस्रो जिल्ला अधिबेशनबाट निर्वाचित भएका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीमा गरिएको स्वागत तथा परिचायत्मक कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङवाङले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा सरकारी कार्यालयमा हुने हरेक क्रियाकलायलाई सञ्चारमाध्यममा प्रशारण गर्न सकेमा मात्र गलत गतिविधि अन्त्य हुने बताउनुभएको छ । कार्यक्रममा नव निर्वाचित शाखा अध्यक्ष सुरत केसीले सभ्य समाज निर्माण गरि भ्रस्तचार,ढिलासुस्ती जस्ता क्रियाकलायलाई अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष अगन्धर तिवारी,सचिव हरिकृष्ण गौतम,निर्वतमान अध्यक्ष घनश्याम खड्का,कोध्याक्षय ठाकुरप्रसाद आर्चाय, सहसचिव सन्तोष गौतम लगाएतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो
No comments:
Post a Comment
kushmabajar.blogspot.com