कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वत जिल्ला अस्पतालको दुरावस्था : मोवाइलको उज्ज्यालोमा सुत्केरी गराइयो !


लोडसेडिङ्गका कारण जिल्ला अस्पताल पर्वतमा मोवाईलको उज्यालोले सुत्केरी गराइएको छ । प्रसुती गराउने कोठामा प्रर्याप्त मात्रामा उज्यालो आवश्यक पर्ने भएपनि प्रसुती कक्षमा बैकल्पिक बिद्युतको व्यवस्था नुहँदा मोबाइल फोन सेटको उज्ज्यालोमा सुत्केरी गराइएको हो । अस्पतालका इनडोर र क्वाटरमा हिटर बालेका कारण पावर सप्लाई कम हुँदा मोबाइल बालेर सुत्केरी गराइएको अस्पतालले जनाएको छ । क्याङ्ग गाविसकी पुष्पा पुन मगरलाई प्रसुती ब्यथाले च्यापेपछि गएराति जिल्ला अस्पतालको प्रसुती कक्षमा मोबाइलको उज्ज्यालोमा सुत्केरी गराइएको हो ।
अस्पतालको इनडोर र क्वाटरमा हिटर बालेर बिजुली नपुगेको कारण मोवाइलको बत्ति बालेर सुत्केरी गराइएको अनमि अम्बिका गुरुङ्गले बताउनुभयो । ुअन्यत्र बढी पावर खाँदा प्रसुतिकक्षका बल्बहरु मधुरो बलेपछि मोबाइलको उज्ज्यालोमा सुत्केरी गराउनुपरेको अस्पतालले जनाएको छ । सुत्केरी गराउने बेला उज्यालो नहुँदा धेरै गल्ती हुन सक्ने भएपनि बाध्य भएर यस्तो बिकल्प अपनाउनु परेको गुरुङ्गको भनाई छ ।
पर्वत जिल्ला अस्पतालका निमित्त प्रमुख डा।पुष्पराज पौडेलले एक दिन समस्या आएपनि अहिले बिजुलीको ब्यवस्था गरिसकेको बताएका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com