पर्वतको तिलाहार गाउँ बिकास समितिमा रहेको नबजागृत बहुमुखी क्याम्पसमा आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा दुई करोड रुपैया संकलन भएको छ ।
महायज्ञबाट डेढ करोड भन्दा बढी नगद सहित दुई करोड बराबरको सहयोग संकलन भएको क्याम्पसले जनाएको छ । नगद र जिन्सीको हिसाब गर्न बाँकी रहेकाले रकम थप हुन सक्ने महायज्ञ आयोजक समितिका संयोजक तथा क्याम्पस साचालक समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले बताउनुभयो ।
महायज्ञमा सबैभन्दा बढी तिलहार गिज्ज्यानका जगतबहादुर सेन्टुरीको परिवारले ५ लाख रुपैया दान गरेका छन । देउपुर पातीचौरका बासिन्दा पदमपाणी शर्माले ३ लाख चित्रेका कृतिनाथ लम्सालले २ लाख २२ हजार र तिलहारका लिलाबहादुर लामिछानेले १ लाख ५० हजार रुपैया दान गर्नुभएको छ । एक लाख र पचास हजार दान गर्नेहरुको संख्या ठुलो रहेको छ ।
चार बर्ष पहिलेबाट शिक्षा संकायमा अध्यापन गराउन शुरु गरेको क्याम्पसमा भौतिक पूर्वाधार बिकास बाणिज्य शास्त्र एवम् मानविकी संकाय थप गर्न आर्थिक सहयोग संकलन गर्न फागुन ३ बाट शुरु भएको महायज्ञ सोमबार सम्पन्न भएको हो ।
बाचनप्रबिण दिनबन्धु पोखरेल प्रमुख बाचक रहेको महायज्ञमा आयोजक बनाउन पर्वत र कास्कीका गरी १५ गाबिसमा घरदैलो अभियान शुरु गरिएको थियो । महायज्ञका लागि दुई हजार पाँच सय भन्दा बढी आयोजक सदस्य बनेका थिए । आयोजक सदस्यबाट मात्रै ५० लाख संकलन भएको थियो । माबि उच्चमाबि र क्याम्पस साचालन गर्दै आएकोले उक्त क्याम्पसमा संकाय थप गरिएपछि शैक्षिक केन्द्र बन्ने बिश्वास लिइएको क्याम्पस प्रमुख प्रेमकुमार लामिछानेले बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com