कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

गोष्ठीहरुबाट सयौं योजनाको माग


आगामी फागुन १३ गते हुने जिल्ला परिषदको तयारीको क्रममा भएका गाउ परिषद र इलाका स्तरीय योजना तर्जुमा गोष्ठीहरुबाट सयौं योजनाको माग आएका छन् । आएका मध्ये अधिकांस सडक तथा अन्य पूर्वाधार निर्माणको बारेमा रहेका छन् । इलाका स्तरमै पुगेर जिविसले गोष्ठी गरेपछि आएका मागलाई जिल्ला परिषदमा लैजाने कार्यक्रम बनाएपछि ती मागहरु आएको जिविस बागलुङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत देविप्रसाद सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यो बर्षको लागि झण्डै ५ सय बढी आयोजनाको माग आएको छ ।
गत बर्ष जिल्ला परिषदले एकसय ३२ वटा आयोजनाहरुलाई पारित गरी विकास निर्माणको काम गरिएको थियो ।
तर यो बर्ष सरकारले ५ लाख रुपैया भन्दा सानो रकमका कुनै पनि आयोजना छनौट गर्न नपाउने नीतिगत निर्णय गरेपछि परिषदमा छनौट हुने आयोजना भने कम हुने आशा गरिएको छ । यो बर्ष सामान्य रुपमा आयोजनाहरु पारित भएमा बढीमा ६० भन्दा बढी छनौट नहुने संभावना बढेको उहाले बताउनु भयो ।
सरकारले तोकेको मापदण्ड अनुसार ती आयोजनामा समावेशी रुपमा समेत आउने भएकोले आगामी बर्षदेखि आयोजनाहरुकेा मूल्याङ्कन गर्न सजिलो हुने शर्माले बताउनु भयो । कम्तिमा ५ लाख रुपैया लगानी गरेको आयोजनाले समाजमा प्रत्यक्ष रुपमा केही देखिने खालका काम हुने आस गरिएको छ ।
साथै दलित महिला बालबालिका र अपांगको क्षेत्रमा विनियोजन हुने लक्षित बर्ग कार्यक्रममा पनि यो बर्ष केही प्रभावकारी कार्यक्रम आउने विश्वास गरिएको उहाले जानकारी दिनुभयो ।
प्रभावकारी योजना आएमा कार्यान्वयनमा सजिलो हुने भएकोले यस्ता आयोजना छनौट गर्न इलाका गोष्ठीमा समेत आग्रह गरिएपनि गाविस र इलाका बाट भने अपेक्षकृत धेरै योजना आएको पाइएको हो । ती आयोजनालाई विषयगत समितिबाट पारित गर्न जिविसले फागुन पहिलो सातादेखि बैठकहरु शुरु गर्ने भएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com