कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

घाँस उम्रन छाडेपछि भेडापालन गर्न समस्या


पछिल्ला केहिवर्ष यता म्याग्दीको उच्च क्षेत्रमा सरकारद्वारा सामुदायिक तथा कबुलियती वनक्षेत्र घोषणा गरि चरनक्षेत्रलाई संरक्षण गर्न थालेपछि भेडा पालेर जिविकोपार्जन गर्दैआएका म्याग्दीका सयौं किसानहरुको व्यवसाय सङ्कटमा पर्नथालेको छ । चरण क्षेत्रको समस्याका कारण राखुभगवती दोबा, दाना, शिख, घार, तातोपानी, बेगखोला, गुर्जा, मुदी, लुलाङ, मुना ,देविस्थान, मराङ, कुइनेमंगले, पाखापानी लगायत करिव दुइदर्जन गाविसका गाविसका भेडापालक कृषकहरु विस्थापीत हुन थालेका छन् । सरकारी वन समुदायमा हस्तान्तरण हुने क्रमसँगै उच्च पहाडी क्षेत्रको बुकीमा चरनका लागि घाँस उम्रन छाडेपछि भेडापालन गर्न समस्या परेको कृषकहरुले बताएका छन् ।
सामुदायिक वनमा छाडा तरिकाले पशु चराउन निषेध गरिएको छ भने चरणका लागि छुटुईएको सिमित जंगलमा पनि घाँस उम्रन छाडेपनि चरन क्षेत्रकॊ समस्या उत्पन्न भएको शिख गाविस वडा नंवर ७ का लालबीर तिलिजाले बताए । आफ्नो चार पुस्तादेखि निरन्तर भेडापालन गर्दै आएका तिलिजाले कृषकहरु भेडा बेचेर बिदेश जान र अन्य पेशा अपनाउन बाध्य भएका बताए ।
तिलिजाले अन्य व्यवसायभन्दा भेडापालन व्यवसाय निकै चुनौतीपुर्ण भएकोले त्यसलाई पशु कार्यालयले समेत सहयोग गर्नुपर्ने बताए । ६६ वर्षिया तिलिजासंग अहिले ४५० भेडा छन् ।
त्यस्तै भेडापालनमा जिल्लाको पकेट क्षेत्रकै रुपमा लिइएको गुर्जा गाविसका किसानहरु पनि चरन क्षेत्रको अभावकै कारण बिस्थापित भएको स्थानीय धनबीर बिकले बताए । गुर्जामा २० वटा भेडीगोठ रहेकोमा यसवर्ष घटाएर १० वटा बनाईएको छ । दुई तीन वटा गोठका भेडालाई एउटै गोठमा समायोजन गर्ने र बिस्तारै बिक्री गरेर यस पेशा छाड्ने बिचार गरेको अर्का कृषक बढीलाल बुढाले बताए ।
पहिले पहिले जस्तो घाँस नपाईने भएकाले भेडाको संख्या घटाउनुपरेको उनले बताए । मासु पुजाआजा र ऊनका लागि उच्च पहाडी क्षेत्रमा गरिने भेडापालन व्यवसाय स्थानीय किसानहरुको राम्रो आम्दानीको स्रोत हो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com