कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

काडेबासका स्थानीय बासिन्दाले प्रहरी चौकी स्थापना गर्न माग

सर्वसाधारणलाई सुरक्षाको प्रत्याभुती दिलाउन काडेबासका स्थानीय बासिन्दाले प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् । काडेवास गाविसका स्थानीयको भेलाले प्रहरीचौकी स्थापनाको माग गरेको हो । केही समय यता विभिन्न अपराधिक घटनाहरु बढेको भन्दै उनीहरुले चौकी स्थापनाको माग गरेका हुन् ।
‘केही समय यता बागलुङको पश्चिमी क्षेत्रमा चोरी डकैती बढेको पाइएपछि गाउँ सुरक्षाका लागि चौकी माग गरेका हौु काँडेवास बजार व्यवस्थापन समितिका अध्यक्ष जीवलाल सापकोटाले भनेुनजिकको चौकी भेटाउन कम्तिमा ३ घण्टा पैदल हिडेर खरवाङ वा हटिया पुग्नु पर्छ ।’ गाउँमा कुनै घटना भएमा तत्काल खवर गर्ने र अपराधि पक्राउ गर्न समस्या हुने गरेको छ ।
जिल्ला प्रहरीले भने केही महिना यता अपराध नियन्त्रणका लागि गाउँ गाउँमा पनि प्रहरीको गस्ती शुरु गरेको छ । गस्ती पछि गाँजा चरेसका अवैध ओसार पसार गर्नेहरु पक्राउ पर्न थालेको र अन्य अपराधमा पनि कमी आएको प्रनाउ उमाप्रसाद चर्तुवेदीले बताए । माग आएका स्थानमा संभव भएमा चौकी स्थापनाका लागि पहल गर्ने उनले बताए 

No comments:

Post a Comment

kushmabajar.blogspot.com