पानीमा डुबेर आज महोत्तरीमा एक महिलाको मृत्युभएको छ । मृत्यु हुनेमा जिल्लाको फुल्हट्टा परिकौली गाविस-६ बस्ने २५ वर्षीया अमिता खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आफ्नो गाउँ फुल्हट्टाबाट सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा आफन्तलाई भेट्न आएका बेला बिहान १० बजे फुल्हट्टा परिकौली-६ स्थित एउटा खाल्डोमा डुबेर निजको मृत्युभएको निजका पति कलमा अंसारीले बताउनुभयो । मृतक महिला अनिता खातुनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com