कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अध्यनरत ५ वर्षीय बालक आयुष साह सोमबार अपहरणमा


 सप्तरीको राजविराजबाट अपहरित पाँच वर्षीय बालकलाई मुक्त प्रहरी प्रशासन असफल भएको भन्दै सप्तरी जिल्ला भरका शैक्षिक संस्था बुधवार बन्द गरिएको छ । राजविराजस्थित गौतम शिशु निकेतनमा नर्सरी अध्यनरत ५ वर्षीय बालक आयुष साह सोमबार अपहरणमा परेका हुन् ।
दुई दिन बितिसक्दा पनि अपहरित बालकबारे कुनै सुराक फेला नपारेको विरोधमा यहाँस्थित शैक्षिक संघ संगठन आन्दोलनमा उत्रेका हुन् । नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष भोगेन्द्रप्रसाद यादवका अनुसार, मंगलबार जिल्लाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई ज्ञापन पत्रमार्फत् बालक मुक्त गराउन २४ घण्टे अल्टिमेटम दिए पनि प्रहरी प्रशासनबाट चित्तबुझ्दो जवाफ नआएपछि शैक्षिक संस्था बन्द गरी आन्दोलनमा उत्रनु परेको हो ।
बालक स्कुलबाट राजबिराज ५ स्थित घर फर्कँदै गर्दा मोटरसाइकलमा आएका ब्यक्तिहरुबाट अपहरित भएका हुन् 

No comments:

Post a Comment

kushmabajar.blogspot.com