कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दार्जिलिङमा नेपालीमाथि भएको दमनप्रति मोर्चाबाट खेद प्रकट


 एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले दार्जिलिङ क्षेत्रमा चलेको गोर्खाल्यान्ड आन्दोलनमा लागेको आरोपमा आन्दोलनकारीलाई घरघर गएर भारतीय सुरक्षाकर्मीले घरबार नै छाड्नुपर्ने अवस्थामा पुर्‍याउनु अत्यन्तै खेदजनक भएको जनाएको छ ।
ऐतिहासिक प्रमाणका आधारमा हेर्दा सन् १८१६ मार्च ४ को सुगौली सन्धिको धारा ३ को उपधारा ४ र ५ अनुसार दार्जिलिङ, सिक्किम र सिलिगुडी क्षेत्रका नेपाली भूमिसहित बृटिस साम्राज्यका गाभिएका र सन् १९४७ अगस्ट १५ को भारतको स्वतन्त्रतापछि बाध्यतापूर्वक पुनः भूमिसहित त्यहाँ बसेका र आज त्यहाँका नेपालीले आफ्नो राजनीतिक अधिकार खोज्दा तिनीहरूमाथि पशुवत् व्यवहार गरेर भारतले शान्तिपूर्णरूपमा आन्दोलन गर्न पाउने, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने आदि मानवअधिकारका आधारभूत मान्यताको उपहास गरेको भन्दै मोर्चाले त्यो भारतका निम्ति पटक्कै शोभाजनक छैन भनेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com