हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा शनिबारबाट औपचारिक रुपमा पर्यटन वर्ष सुरु गरिएको छ । मौसमका कारण लामो समयदेखि प्रभावित जनजिवन समान्य भएपछि शनिबार जोमसोम युवा क्लबको अगुवाईमा पर्यटन वर्षको औपचारिक सुरुवात गरिएको हो । पर्यटन वर्ष २०११ सफल पार्न स्थानीय युवाहरुले मोटरसाईकल र्याली निकालेका छन् । बिहान ८ बजे मुस्ताङ जोमसोमको काठेपुलबाट सुरु भएको मोटरसाईकल र्याली म्याग्दीको पर्यटकीय स्थल तातोपानी पुग्यो ।
मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डेले र्यालीको उद्घाटन गर्नुभएको थियो । मोटरसाईकल र्याली मुस्ताङको मार्फा, टुकुचे, कोवाङ, लेते, म्याग्दीको ताना हुँदै तातोपानी पुगेको हो । र्यालीलाई स्थानीय आमा समूह, युवा क्लब लगायतले गाउँगाउँमा स्वागत गरेका थिए ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com