कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

शनिबार बेनीमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न


 एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति म्याग्दी अन्तरगत १ नम्बर एरीयाको आयोजनामा शनिबार बेनीमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अर्थुङ्गे घतान र पुलाचौर गाविसका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा केन्द्रिय सदस्य बाबुराम नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नेपालीले शान्ति र संबिधान एकिकृत नेकपा माओवादीको अहिलेको मुख्य एजेण्डा भनेको बताउँदै थप गरिएको समयसिमा भित्र जनसंबिधान बन्न नसके गणतन्त्रको संस्थागत बिकासका लागि माओवादीले अर्को संघर्ष गर्ने बताउनुभयो ।
कार्यक्रममा सभाषद् गमबहादुर श्रीस जिल्ला ईाचार्ज मित्रशरण शर्मा सचिव लालु किसान मगराँत राज्य समिति सदस्य ध्रुब घिमीरे रेशम जुक्जाली लगायत माओवादी नेताहरुको पनि सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com