कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

शुक्रबार राति श्रीमतीको हत्या

 सुर्खेत जिल्ला स्थित साटाखानी गाउँ विकास समिति–७ का इन्द्रबहादुर रानाले शुक्रबार राति श्रीमतीको हत्या गरेका छन् । खाना पकाउने विषयमा विवाद भएपछि रानाले ३६ वर्षीया श्रीमती भिमाको हँसियाले रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका एसपी राजु मानन्धरका अनुसार राना प्रहरी नियन्त्रणमा छन्।
शुक्रबार साँझ श्रीमतीको हत्या गरेपछि रानाले सुब्बाकुना प्रहरीचौकीमा आत्मसमर्पण गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com