कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादीसँग भएको सात बुँदे सहमति अक्षरस पालना नहुने -प्रधानमन्त्री


प्रधानमन्त्री झलनाथ खनालले एकीकृत नेकपा  माओवादीसँग भएको सात बुँदे सहमति अक्षरस पालना नहुने बताउनु भएको छ। नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बधाइ दिन प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री खनाल,  माओवादीबाट  विगतका सहमतिको पूर्ण कार्यान्वयन नभएको भन्दै सात बुँदे सहमतिको पनि पूर्ण कार्यान्वयन नहुने बताउनु भएको हो।
जुन उद्देश्यका लागि सहमति गरिएको हो त्यसको आधारमा सहमतिको मूल भावना र मर्म भने कार्यान्वयन हुने अध्यक्ष खनालको भनाइ छ। प्रधानमन्त्री खनालले मन्त्रालयको विषयलाई लिएर मुलुकको अग्रगतिलाई रोक्न नहुने भन्दै माओवादीलाई गृह मन्त्रालय दिने संकेत पनि गर्नुभयो। माओवादी लगायत अन्य दलहरुसँग छलफल र बहस जारी रहेकोले सरकारले चाँडै पूर्ण रुप पाउने उहाँको दावी छ।  

सम्मान तथा वधाइको लागि आयोजित कार्यक्रममा गृह मन्त्रालयको जिम्मेवारी पाएका भनिएका मन्त्री विष्णु पौडेल भने सहभागी थिएनन्।


No comments:

Post a Comment

kushmabajar.blogspot.com