कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पत्रकारमाथि आक्रमण


पत्रकार महासङ्घ शाखा कन्चनपुरको आगामी तीन वर्षे कार्यकालका लागि हिजो भएको निर्वाचनमा प्रेस चौतारीबाट अध्यक्षमा कर्ण बोहरा सचिवमा लक्ष्मण तिवारी र कोषाध्यक्षमा हेमन्ती चौधरी विजयी हुनुभएको छ । उपाध्यक्षमा राजेन्द्र भट्ट सह-सचिवमा केशव सावद निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैबीच कार्यसमितिको मतगणनाको अन्त्यसंगै पार्षद्हरुको मतगणा भइरहेका बेला माओवादी क्रान्तिकारीका केही व्यक्तिहरु मतगणनास्थल प्रवेश गरि आक्रमण गरेका छन् । कार्यसमितिका लागि भएको निर्वाचनमा आफूहरु निर्वाचित नभएपछि उनीहरुले पार्षद् छनौटका लागि गरिएको निर्वाचनपत्रसमेत च्यातिदिएका छन् । निर्वाचनपत्र च्यातिएपछि पार्षद्हरुको मतगणना कार्य बिथोलिएको छ । क्रान्तिकारीको आक्रमणलाई रोक्ने क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका महासचिव खेम भण्डारीर संसदीय पत्रकार मामिला सङ्घका अध्यक्ष खगेन्द्र पन्त घाइते हुनुभएको छ । बिथोलिएको पार्षद्को निर्वाचन आजै गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा आज बस्नॆ बैठकले निर्णय गर्ने जनाइएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com